+
+

सप्तरीमा एमाले-मोर्चा आमने सामने, एमाले नेतालाई कालोमोसो

 एस.के. शान एस.के. शान
२०७३ फागुन २० गते १२:५२
एमाले सप्तरी जिल्ला सदस्य प्रतापनारायण चौधरी

२० फागुन, सप्तरी । शनिबारदेखि प्रारम्भ हुन लागेको मेची-महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमाले र त्यसबिरुद्धआन्दोलन घोषणा गरेको मधेसी मोर्चा सप्तरीमा आमने सामने भएका छन् । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको छ ।

अभियानलाई सफल पार्न सकृय रहेका एमाले कार्यकर्ताबिरुद्व मोर्चा कार्यकर्ता खनिएका छन् । शुक्रबार मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई राजविराजमा कालोमोसो दलेका छन् ।

राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् । चौधरीलाई मालोमोसो दल्न शुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए ।

मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरे ।

यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो । अभियानको बारेमा एमाले कार्यकर्ताहरुले पर्चा बितरण गरिरहेको समयमा शुक्रबार साँझ मोर्चा र एमाले कार्यकर्ताबीच झडप भएको थियो । समयमै प्रहरी पुगेका कारण कुनै अप्रिय घटना भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?