Comments Add Comment

नेपालको पर्यटन प्रवर्द्धन गर्न एडिलेडमा कार र्‍याली


एडिलेड । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत डिसेम्बर महिनामा सिड्नीबाट सुरु भएको ‘भिजिट नेपाल, प्रमोट नेपाल’ अभियान अष्ट्रेलियाको दक्षिण शहर एडिलेडमा सम्पन्न भएको छ ।

गत फेब्रुअरी २६ तारिखमा दक्षिण अष्ट्रेलियामा बस्ने नेपालीहरुले स्वतःस्फूर्त आफ्नो निजी कारमा आफैले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी बिभिन्न स्टिकरहरु टाँसेर शहरका बिभिन्न भाग परिक्रमा गरेका थिए ।

कारमा टाँसिएका स्टिकरहरुमा नेपाल घुम्न जाऊँ भन्ने सन्देशहरु लेखिएका थिए । यसैरी गौतम बुद्ध, सगरमाथा, र्‍याफ्टिङ, एकसिंगे गैंडा, जीवित देबी कुमारी लगायतका आकर्षक चित्र टाँसिएको थियो ।

यो अभियानका लागि सामाजिक सन्जालमार्फत् अभियान चलाइएको थियो र छोटो समयमै २० जना अभियन्ताहरु भेला भएका थिए । यस कार्य सफलतापूर्वक सम्पन्न भएकोमा एकदम खुसी लागेको एडिलेड संयोजक छबि सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

‘बिदेशमा भएपनि नेपालको लागि केहि गरौं भन्ने सपना बोकेर बसेका हामी यसरी भेला भएर यो ऐतिहासिक अभियानको अभियन्ता बन्न पाएकोमा गौरवान्बित छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment