Comments Add Comment

झापामा यसरी हुँदैछन् एमालेका जनसभा

२१ फागुन, झापा । नेकपा एमालेले आजदेखि झापाबाट मेची-महाकाली अभियान सुरु गर्दैछ । सुखानीमा झापा क्रान्तिका पाँच योद्धालाई हत्या गरिएको दिनको सन्दर्भ पार्दै यो अभियान आरम्भ हुन लागेको हो । एमाले अध्यक्ष केपी ओलीले आज बिहानै झापा र इलामको सीमानामा रहेको सुखानीमा पुगेर शहीदलाई माल्यार्पण गरेका छन् ।

मुलुकको पूर्वीनाका काँकरभिट्टाबाट सुरु हुने अभियानलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका शीर्ष नेताहरु झापामा छन् ।

बिहान झापाको सुखानीमा रहेको शहीदको सालिकमा माल्र्यापण गरेर काँकरभिट्टाबाट अभियानको आरम्भ गरिने कार्यक्रम रहेको नेकपा एमालेका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले अनलाइनखबरलाई बताए ।

‘झापाका ५० हजार जनता यो कार्यक्रममा सहभागी हुँदैछन्’, उनले भने, ‘प्रत्येक गाउँगाउँ, टोलटोलबाट जनता सहभागी हुनेछन् ।’
काँकरभिट्टाबाट अभियान उद्घाटन भएपछि आजै विर्तामोड र दमकमा आमसभा हुनेछ ।

अभियानमा सहभागी हुन एमालेले आफ्ना कार्यकर्तालाई उर्दी जारी गरेको थियो । जिल्लाका विभिन्न सडकहरु विहानैदेखि व्यस्त छन् । विभिन्न क्षेत्रबाट कार्यकर्ताहरु आउने क्रम जारी छ ।

झापामा एमालेका १८ हजार पार्टी सदस्य छन् । शनिबारबाट सुरु हुने यो अभियान चैत ५ गते पश्चिम नेपालको सुर्खेतको विरेन्ऽनगरमा गएर समापन हुनेछ ।

यसरी गरिँदैछ ट्राफिक व्यवस्थापन

एमालेको यो अभियानका कारण जिल्लामा हुने सवारी चापलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले विशेष टोली परिचालन गरेको छ ।

‘हामीले यो अभियानलाई लक्षित गरेर विशेष टोली परिचालन गरेका छौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रमुख ढुण्डिराज गिरीले अनलाइनखबरसँग भने, ‘१२ बजेसम्म सहज नै हुन्छ । जुलुस सुरु भएपछि सवारीको अत्याधिक चाप हुन्छ । त्यसपछि सडक ‘वान वे’ बनाइनेछ ।’

उनका अनुसार पश्चिमबाट आएका काँकरभिट्टा जाने सवारी साधनले विर्तामोडमा प्रोभिडन्स कलेज हुँदै अतिथि सदन भएर जानु पर्नेछ ।
भद्रपुर जाने सवारी साधनले नयाँ यातायात कार्यालय हुँदै जानु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment