Comments Add Comment

बाल नाटक महोत्सवमा ‘जलेको चिम’ उत्कृष्ट

काठमाडौं । आठौं राष्ट्रिय बाल नाटक महोत्सवमा आकाशगंगा स्कूलले प्रस्तुत गरेको ‘जलेको चिम’ उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट भएसँगै सो नाटकले अन्तोन चेखब उत्कृष्ट नाटक पुरस्कार प्राप्त गर्‍यो ।

यस्तै, स्वर्गीय चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक पुरस्कार ‘कुमारीको घर’ बाट प्रभाकर न्यौपानेले हात पारे । दुवै पुरस्कारको राशि पाँच हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

बालकोसेली उत्कृष्ट अभिनय पुरस्कार महेन्द्र आदर्श स्कूलको नाटक ‘अज्ञानताको पट्टी’ बाट सुप्रिया नेपालले जितिन् । उनले नगद ७ हजार र प्रमाणपत्र पाइन् । यस्तै, ग्रिनफिल्ड स्कूलको प्रस्तुति ‘डा. आलुकालु’ बाट एलेक्स तामाङले शैली थिएटर प्रोत्साहन पुरस्कार र सोही नाटककी सम्झना पराजुलीले पब्लिक च्वाइस पुरस्कार पाए ।

विजेताहरुलाई रमेश बुढाथोकी, नवराज बुढाथोकी, पद्म सापकोटा, अशोक शिवाकोटी र डा. अशोक थापाले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको आयोजनामा कमलपोखरीमा चार दिनसम्म चलेको महोत्सवमा हरेक दिन चार नाटक मञ्चन गरिएको थियो ।

महोत्सवमा सहभागी सम्पूर्ण कलाकारलाई अभिनय सम्बन्धी तीन महिने तालिममा विभिन्न छुट दिइने शैली थिएटरका कार्यक्रम संयोजक आर्यन न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment