Comments Add Comment

‘जनम जनम’ बाँच्ने कुरा गर्दै पुष्पल र साहारा


शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘दर्पण छाया २’को एक रोमान्टिक गीत रिलिज भएको छ । ‘यो जनम’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो । चन्दन लोम्जेलको संगीत रहेको यो गीतमा राजेश पायल राइ र मेलिना राइको आवाज छ ।

गीतमा साबु रविको शब्द छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साहारा कार्कीलाई फिचरिङ गरिएको छ । छेदुप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई दार्जलिङमा खिचिएको हो ।

तुलसी घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा पुष्पल, साहारासँगै श्रद्धा प्रसाई, फिरोज तिमिल्सिना लगायतका कलाकारको अभिनय छ । साहारा फिल्मस्को पहिलो प्रस्तुतीको रुपमा तयार भएको यो चलचित्रलाई साबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् । डाक्टर लोप्साङ लामाको प्रस्तुतीमा बनेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment