Comments Add Comment

कञ्चनपुर घटनाप्रति नयाँशक्ति र राष्ट्रिय जनमोर्चाद्वारा भर्त्सना

२६ फागुन, काठमाडौं । नेपाली भूमिमा बिकास निर्माणमा विवाद सृजना गरी भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीलाई गोली प्रहार गरी हत्या गरेको प्रति नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चाले भर्त्सना गरेका छन् ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको बिज्ञप्ति मृतक गौतमप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल-भारत सीमा विवादको समाधान नभए यस्ता घटना दोहोरिनेमा चिन्ता व्यक्त गरेको छ ।

सीमा क्षेत्रमा भएको यस्ता घटनाको कुटनीतिक पहलबाट समाधान गर्न नयाँशक्तिले माग गरेको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्यु भएकोप्रति भर्त्सना गरेको छ । साथै दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।

घटनाको बिरोध स्वरुप राष्ट्रिय जनमोर्चाले कञ्चनपुरसँगै देशका बिभिन्न जिल्लाहरुमा कार्यक्रम गर्ने पनि जनमोर्चाको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment