Comments Add Comment

सहयोग जुटाउन ‘मह कमेडी नाइट’ हुने


२६ फागुन, काठमाडौं । मानसिक स्वास्थ्य प्रर्वद्धनमा क्रियाशील सामाजिक संस्था आशादिप नेपालले ‘मह कमेडी नाइट’को आयोजना गर्ने भएको छ ।

आगामी चैत गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिशन होटलमा आयोजना हुने कार्यक्रममा नेपालकै सर्वाधिक लोकप्रिय एवम् चर्चित हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेजोड प्रस्तुति रहने छ । कार्यक्रमलाई रोयल ट्रेजरले विशेष सहयोग गरेको छ ।

नयाँपाटी, सुन्दरीजलमा रहेको आशादिप नेपालको सहयोगार्थ नगद संकलन गर्ने उद्देश्यले मनोरञ्जनात्मक मह कमेडी नाइटको आयोजना हुन लागेको हो ।

बेलुका ६ बजेदेखि सुरु हुने सो कार्यक्रमका लागि टिकट मूल्य ३ हजार रुपैयाँ राखिएको छ ।  त्यसमा हरेक टिकट खरिदकर्तालाई निःशुल्क डिनरको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment