Comments Add Comment

टंक बुढाथोकीले ल्याए होली गीत

काठमाडौं । होली पर्वकै सन्दर्भ पारेर गायक एवं संगीतकार टंक बुढाथोकीको ‘होलीमा होलीमा…’ बोलको गीत एवं भिडियो बजारमा ल्याएका छन् ।

उषा किरण अधिकारीको शब्दमा तयार गीतमा गायक बुढाथोकीकै संगीत रहेको छ ।

गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक शोभित बस्नेत र नायक सबिन श्रेष्ठका साथमा अन्य कलाकारले अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफी बिश्वानाथ राजबंशी र छायांकन रामेश्वर कार्कीको रहेको छ भने सम्पादन बिकास धमलाको रहेको छ ।

होली रङ्गहरूको चाड भएकाले भिडियोमा रंगहरुको महत्वलाई दर्शाइएको संगीतकार बुढाथोकीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment