Comments Add Comment

मोबाइलमा पोर्न हेर्नेमा महिला अगाडि

स्मार्टफोनमार्फत इन्टरनेटमा पोर्न सामग्री हेर्ने मामिलामा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

लोकप्रिय पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा १६प्रतिशतले कम छ ।

रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकि स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।

गत बुधबार मनाइएको महिला दिवसको अवसरमा पोर्नहबले यस्तो तथ्यांक जारी गरेको हो ।

· पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् ।

· रिपोर्ट अनुसार स्मार्टफोनमा पोर्नहब हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पल प्रयोगकर्ता ।

· अमेरिकाको तथ्यांकअनुसार वाशिंटन डिसीमा पोर्नहबका महिला प्रयोगकर्तामध्ये ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । त्यस्तै टेक्सासमा ९३ प्रतिशत तथा मिचिगनमा ९२ प्रतिशत पोर्नहब प्रयोगकर्ता महिलाले आफ्नो स्मार्टफोनबाट पोर्नहब लगइन गर्ने गरेका छन् ।

· विश्वव्यापी रुपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । जहाँ अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्दछन् ।

· दोश्रो स्थानमा ८९ प्रतिशत सहित अमेरिका र तेश्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत रहेका छन् ।

· विश्वमा पोर्नहबका कुल प्रयोगकर्तामध्ये सयमा ७२ जनाले स्मार्टफोनबाट पोर्नहब हेर्ने गरेका छन् ।

· पोर्नहबका महिला प्रयोगकर्तामध्ये ७१ प्रतिशतले स्मार्टफोनबाट, ८ प्रतिशतले ट्याबलेटबाट तथा २१ प्रतिशतले डेस्कटपबाट पोर्नहब हेर्ने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment