Comments Add Comment

चिनियाँ टोलीसँग देउवाले भने- मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गरिन्छ

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।

बुढानिलकण्ठस्थित निवासमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा देउवाले मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचन गराइने बताए ।

सभापति देउवा र चिनियाँ प्रतिनिधिमण्डलबीच करीब ४५ मिनेटसम्म छलफल भएको थियो । नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल-चीन बीचको आपसी सम्बन्ध र सहयोगका विषयमा भेट केन्दि्रत रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भेटमा सभापति देउवाले नेपाल एक चीन नीतिप्रति कटिवद्ध रहेको र यसमा शंका गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका थिए ।

भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment