Comments Add Comment

वामदेवको उत्तेजक भाषणः आमाको नाम लिएर नेतालाई गाली !

प्रचण्डलाई सातजुनी जेल, मोर्चाका नेता भारतीय ?

२९ फागुन, भैरहवा । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्री प्रचण्डलाई सात जुनीसम्म जेल हाल्नुपर्ने बताएका छन् । साथै उनले मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय हुन् भन्ने टुंगो लगाउनुपर्ने बताएका छन् ।

नेता गौतमले मोर्चाका नेतालाई गाली गर्दा ‘आमाको पेट’को समेत उच्चारण गरे ।

मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय ?

एमाले नेता गौतमले मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय भन्नेबारे टुंगो लगाउनुपर्ने बताए । उनले मोर्चाका नेताहरुको राष्ट्रप्रेममाथि प्रश्न उठाउँदै भने- ‘मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय ? टुंगो लगाउनुपर्छ ।’

एमाले उपाध्यक्ष गौतमले मोर्चाका नेताहरुलाई गाली गर्दागर्दै नेताहरुका आमाको समेत नाम लिए । एमालेलाई मधेसमा छिर्न नदिने मोर्चाको चेतावनीप्रति आक्रोश पोख्दै पूर्वउपप्रधानमन्त्री गौतमले भने- ‘के यो तराई मधेस महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवका आमाले पेट बोकेर जन्माएको थलो हो ?’

प्रचण्डलाई सातजुनी जेल !

एमाले नेता गौतमले प्रधानमन्त्री प्रचण्डले देशको शीर झुकाएको बताउँदै जतिचोटि जन्मिए पनि जेल पठाउनुपर्ने अपराध गरेको बताए ।

गोवामा भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई प्रचण्डले भेटेको स्मरण गर्दै नेता गौतमले त्यहाँ प्रचण्डले देशको शीर झुकाएको बताए । साथै अहिले कञ्चनपुर घटनामा पनि प्रचण्डले देशको शीर झुकाएको गौतमले बताए ।

प्रधानमन्त्री प्रचण्डले सप्तरीमा मधेसी मोर्चाका कार्यकर्तामाथि गोली नचलाउनु भनेको विषयमा पनि गौतमले आपत्ति जनाए । उनले भने- ‘गोली नचलाउने भए सेना किन राखेको ? गोली नचलाउने भए प्रहरीलाई रिभल्भर, पेस्तोल, श्री नट थ्री र एससलआर किन दिएको ?’

पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले कार्यक्रममा भने- ‘दुश्मन जसरी आउँछ, सुरक्षा निकाय त्यसरी नै प्रस्तुत हुन्छ । प्रधानमन्त्रीले गोली नचलाउन भन्न मिल्दैन ।’

वामदेवले गरेको भाषण सारांश उनकै शब्दमा

नेपालका प्रधानमन्त्रीको हैसियत चीनको राष्ट्रपतिको बराबर छ । भारतको प्रधानमन्त्री, राष्ट्रपति बराबर छ । यो संसारका कुनै पनि कार्यकारी पूमुखहरुको बराबरी नेपालको प्रधानमन्त्रीको हैसियत हो । त्यो हैसियत सम्पूर्ण समाप्त गरेर, पानी पानी भएर भुईमा पछारिने यो छाँट देख्दा उहाँले नेपालको अपमान गरिरहनुभएको छ । कञ्चनपुरको घटनामा उहाँले नेपालीहरुको अर्को अपमान गर्नुभएको छ । सार्वभौम अधिकार सम्पन्न जनतालाई भ्रम सिर्जना गर्ने गर्नुभएको छ ।

नेपाली जनता विदेशीको गुलाम हुन्छन् भनेर म पत्याँदै पत्याउँदैन, हाम्रा पूर्खाले रगत बगाएर देश निर्माण गरेको कुराप्रति हामी गौरब गर्दछौं ।

हुन त मान्छेको मृत्यु एकैपटक हुन्छ, तर जतिपटक जन्मे पनि त्यसलाई जेलै हाल्नुपर्ने कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरु छन् । यति ठूलो अपमान यिनले गरेका छन् । माघ ७ गतेभित्र तीन तहको निर्वाचन भएन भने यिनीहरुलाई त्यहाँसम्मको सजायँ हामीले गर्न सक्छौं । जनमतबाटै हामीले टुंगो लगाउने हो । त्यो अवस्था हुन्छ, आउँछ ।

जब देशमा संकटै संकट पर्छ, त्यो संकटबाट देशलाई पार लगाउने बुद्धिमान र बहादुरहरु पनि जन्मन्छन् ।

हामीमाथि लगाइएको नाकाबन्दीमा मधेसी मोर्चाका नेताहरुले गएर खुशियाली मनाउँछन् । ती मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय हुन् भन्ने टुंगो लगाउनुपर्दछ । त्यो नाकाबन्दीबाट सबभन्दा बढी मार खाने पीडकहरु को हुन् ? यही तराई मधेसमा बसेका जनता हुन् । त्यसबेला उनीहरुले मट्टीतेल लिएर आउँदा पनि त्यही मट्टीतेल छर्केर आगो लगाइदिए । त्यसपछि बल्ल पहाडतिरका जनताले मार खाएका हुन् । के यो ठाउँका जनतालाई पीडा दिने, दुःख दिनेहरु मधेसी संगठन हुन सक्छन् ? हुन सक्दैनन् । यी मधेसी संगठन पनि हैनन् र जनताका प्रतिनिधि त हुनै सक्दैनन् । कुनै पनि हालतमा होइनन् ।

अब नेकपा एमालेलाई समाप्त गर्ने षडयन्त्र रचिँदैछ । मैले निश्कर्ष निकालेको छु, नेकपा एमालेलाई तराईमा आउनै नदिने रे । किन ? किन आउन नदिने ? के यो तराई महन्थ ठाकुरको राजेन्द्र महतोको उपेन्द्र यादवकी आमाले पेट बोकेर जन्माएको थलो हो यो ?

यो धर्ती जहिलेदेखि जन्मेको छ, यो नेपाल हिमाल पहाड र तराईबाट कहिल्यै पनि अलग भएन । कसैले पनि तराईको मात्रै ठाउँमा कहिल्यै राज्य गरेन । र, मधेस राज्य भन्ने यो नेपालमा कहिल्यै कहिल्यै भएन ।

प्रधानमन्त्रीले कुनै पनि हालतमा गोली नचलाउनु भन्न मिल्छ ? प्रधानमन्त्रीले कहिल्यै भन्छ त्यस्तो ? त्यसो हो भने सेना किन राखेको ? गोली नचलाउने हो भने सशस्त्र प्रहरी किन राखेको ? गोली नचलाउने हो भने त्यो प्रहरीलाई रिभल्भर, पेस्तोल, थ्रीनट थ्री, एसएलआर अनेकौं किसिमका हात हतियारहरु किन दिएको ? गोली नचलाउने भए किन दिएको ? किनकि सुरक्षा निकाय राज्यको कानून कार्यान्वयन गर्ने, देशको रक्षा गर्ने ठाउँमा बसेको छ, दुश्मन जसरी आउँछ, उ त्यसै गरेर प्रस्तुत हुन्छ । यो सर्वमान्य सिद्धान्त हो । सारा संसारभरि यो लागू हुन्छ ।

गोली नचलाउने ? त्यस्तो आदेश दिन पाइन्छ ? पाइँदैन । प्रधानमन्त्रीले नेकपा एमालेका नेताहरुलाई जतिखेर घेराबन्दी गरेको छ, त्यो ससुरक्षामा खटिएका सुरक्षा निकायका जवान र अधिकृतहरुले गोली चलाउन सक्ने कुरा उहाँलाई थाहा छ कि छैन ? यस अवस्थामा प्रधानमन्त्रीले भन्ने कुरा हो-तपाईदे बल प्रयोग ज्यादै निम्न निम्न तरिकाले गर्नुहोस् है । यहाँसम्म भन्ने हो । गोली नचलाउनू … यस्तो हुँदैन । हामीलाई शंका लाग्छ यसको पछाडि । किन यसो भन्नुभो ? यसो भन्न पाइन्छ ? सुरक्षा निकायलाई गोली नचलाउनु भनेर आदेश दिन पाइन्छ ? जवकि त्यही ठाउँमा प्रेसर कुकुर बम फेला परेको छ । त्यही ठाउँमा गि्रनेट फेला परेको छ । अनेकौं कुराहरु भएका छन् । हामीलाई शंका लागिरहेको छ । अनेकौं किसिमका शंका लागिरहेका छन् ।

जसले आफ्नो ज्यानको बाजी लगाएर नेपालको सबभन्दा ठूलो पार्टीका शीर्ष नेताहरुको टीमको सुरक्षाका निम्ति आफूलाई समर्पित गरे, तिनीहरुलाई पुरस्कार दिनुपर्ने ठाउँमा कारवाही भएको छ यो के हो ? यो के हो ? के कारणले यसो गरियो ? कसलाई खुशी बनाउन यसो गरिएको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment