Comments Add Comment

मलेसियाका लगानीकर्ता नेपाल आउँदै, स्थितिबारे बुझ्न राजदूतसँग छलफल

मलेसिया । नेपालमा लगानी गर्न चाहनेहरुको एक समूहले सोमवार मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमानसिङ वस्न्यातसँग भेट गरेका छन् ।

नेपाली दूतावास क्वालालम्पुरमा भएको भेटमा डा.वस्न्यातले नेपालमा उद्योगमैत्रीव वातावरण वनिसकेकोले जलश्रोत, उर्जा, पर्यटन, कृषि,उद्योग, पूर्वाधार तथा प्रविधिमा लगानी गर्न सकिनेमा जोड दिए ।

‘नेपालमा लगानीको प्रशस्त संभावनाहरु छन् । हामी लगानी गर्न सवैमा आग्रह गर्दछौ’ डा.वस्न्यातले भनेे । भेटमा मलेसियन एक्पोट एसोसियसनकाअध्यक्ष प्रो.डा अब्दुलकाविर इव्राहिम, उपाध्यक्ष डा. सिव्रनकाउर दलिवाल, दातो आरआरएम कृष्ण लगायतका सदस्यहरुको सहभागिता रहेको थियो । भेटमा मलेसियनहरु निकै उत्साहित देखिएकाथिए ।

मलेसियन एक्पोर्ट एसोसियनको टोली निकट भविश्यमै लगानी तथाब् यापारको लागि नेपाल भ्रमणमा जानलागेको भेटमा वताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment