Comments Add Comment

बेलायतमा पहिलो पटक नाटक मञ्चन


नेपालमा रहंदा नाट्य क्षेत्रमा बिशिष्टता हांसिल गरेका नाट्यकर्मी सनम कुमार बैराग केही बर्ष पहिले बेलायत भासिए । परिबारका साथ बेलायत भासिएता पनि उनले यहांको ब्यस्त जिबनमा पनि आफ्नो पहिचान र क्षेत्रलाई छाड्न सकेनन् । प्रबासमा चलचित्र हेर्न नै कम दर्शकहरू आउँछन , त्यसमाथि नाटक ? उनको सोच र उद्देश्य प्रति धेरैले छेड पनि हाने तर सनम थाकेनन् । उनको त्यही सोच , संकल्प र उदेद्श्यले यतिबेला मूर्तरूप पाएको छ । बेलायत जस्तो ब्यस्त जीबनमा समय निकालेर नाटकको अभ्यास गर्नी र दर्शकहरू बटुल्नु भनेको कम सजिलो काम होईन ।

उनको यो सोचलाई बेलायतमा नै रहेका केही यूबा कलाकाकहरूले साथ दिए र अन्तत: बेलायतमा जन्मियो नाटक जिगिषा …. । बेलायतमा नाटक ! सुन्दा अचम्ब लाग्छ तर यो कार्यले यतिबेला बिस्तारै बेलायतबासी नेपालीहरूको मन जितिरहेको छ ।

अहिले लण्डनमा चार शो भैसकेको यो नाटक हेर्न दर्शकहरूको संख्या बढेकोमा यसका निर्देशक तथा कथाकार सनमकुमार बैरागले बताए। थुर्पै नेपाली सिनेमाका नायक धु्र्ब दत्त देखी मिस यूकेमा सहभागि सुस्मिता केसीसम्मलाई समेटेर बैरागले नाटकलाई जिबन्तता दिएका छन । पछिल्लो समय चलचित्र तीन घुम्ती मार्फत चर्चामा आएका बेलायतबासी नायक धु्र्ब दत्त्तले नाटकमा जिबन्त अभिनय गरेका छन । उनले जीबनमा नै पहिलो पटक प्रबासमा आएर नाटकमा अभिनय गर्न पाएकोमा ख़ुशी ब्यक्त गरे ।

लन्डनमा देखाइएको जीगिषा (जित्ने इच्छा) ले द्वन्द्वकालिन झझल्को दियो एकपटक फेरि । त्यतिबेला द्वन्द्वको त्रासदी, अपहरण, काटमार, अयोग्य ठहर गर्दै मिल्काइएका लडाकुको दुर्दशा, संकुचित नेपाली समाज र नारी थिचोमिचो आदि सामाजिक परिवेशमा केन्द्रित नाटक जीगिषामा स्थानीय कलाकारले जीवन्त अभिनय गरे । नाटक हेरेर केही दर्शकले आंसु थाम्नै सकेनन् । ‘म कलात्मक नेपाली चलचित्र र नाटकको नियमित दर्शक भएको हैसियतले जीगिषा एउटा अब्बल नाटक लाग्यो’, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘यहांका कलाकारहरुको जीवन्त अभिनयले नेपाल र बेलायतमा फरक केही लागेन ।’

राजदूतले कलाकारहरु राष्ट्रका गहना भएकाले उनीहरुको सम्मान गर्न पनि जोड दिए । नाटकका कलाकार पुराना चलतित्रकर्मी मनीष श्रेष्ठले निर्देशक सनमकुमार बैरागको सोचको तारिफ गर्नु पर्ने कुरा बताए भने बेलायतका लागि नेपाली पर्यटन दूत पशुपति भन्डारीले सबै मिलेर नाट्यकर्मी समूहलाई साथ दिनु पर्ने कुरा बताउनु भयो । नाटकमा बेलायतमा नै रहेका स्थानीय कलाकारहरू सुरेश श्रेष्ठ, प्रसुन्ना कंडेल र सुस्मिता थापाको अभिनयको पनि तारिफ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment