Comments Add Comment

अक्षयका लागि सलमानको यस्तो ‘कमिटमेन्ट’


बलिउड नायक सलमान खान आफ्नो दबंग अन्दाजका कारण चर्चामा रहन्छन् । उनले, एक पटक बोलेपछि त्यो कुरा पुरा गरेरै छाड्छन् । उनै सलमानले केहि हप्ता अगाडि अर्का नायक अक्षय कुमारलाई मुख्य नायक लिएर चलचित्र बनाउन लागेको घोषणा गरेका थिए । अक्षयको मुख्य भूमिका रहने चलचित्रमा करण जोहरको पनि लगानी रहनेछ ।

सन् २०१८ मा यो चलचित्र रिलिज हुने समेत बताइएको थियो । तर, केहि दिनयता नायक सलमान खान र अक्षय कुमारले एकसाथ चलचित्र गर्न नलागेको खबर सार्वजनिक भैरहेका थिए । सलमानले नै अक्षयसँग चलचित्रमा काम गर्न नलागेको लगायतका खबरले भारतीय मिडियामा चर्चा पाइरहेका थिए । तर, अब यो खबरको नायक सलमान खान र अक्षय कुमारले मिलेर जवाफ दिएका छन् ।

सलमानले ट्विटरमा लेखेका छन्-‘हल्लामा ध्यान नदिनुहोस् । किनकी, जब मैले एकपटक बाचा गरिसकेको हुन्छु, त्यसपछि…. । अक्षय कुमारको साथमा चलचित्र गर्दैछुको मतलब गर्दैछु ।’

सलमानको यो ट्विटपछि अक्षयले पनि लेखेका छन्-‘एउटा भरोसाले भरिएको सम्बन्धका कारण यो संभव भएको हो । तपाई र तपाइको परिवारलाई होलीको शुभकामना ।’

बजारमा चलेको हल्लालाई सलमान र अक्षयले मिलेर सामाना गरेका छन् । जसले, यी दुइको गहिरो मित्रतालाई पनि झल्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment