Comments Add Comment

‘सूर्यवंशी’मा अक्षय र ज्याक्लिनको जोडी

बलिउड चलचित्र ‘ब्रदर्स’ र ‘हाउसफुल ३’मा देखिएका दुई कलाकार नायक अक्षय कुमार र नायिका ज्याक्लिन फर्नान्डेजको जोडीलाई दर्शकले खुबै रुचाए । उक्त जोडीलाई दर्शकले पुनस् पर्दामा देख्न पाउने भएका छन् । अक्षय र ज्याक्लिनको जोडी चलचित्र ‘सूर्यवंशी’का लागि पक्का भएको हो ।

छायांकनमा जानु पूर्व नै यो चलचित्रको विषयमा निकै चर्चा भइरहेको छ । सार्वजनिक दुई पोस्टरले पनि धेरै दर्शकको ध्यान तानेको छ । यस्तैमा चलचित्रमा ज्याक्लिन भित्रिएको खबरले पुन चलचित्रलाई थप चर्चामा ल्याएको छ ।

‘सिम्बा’ निर्देशक रोहित सेट्ठीको निर्देशनमा बन्ने यो चलचित्रमा अक्षय कुमार प्रहरी अफिसरको भूमिकामा प्रस्तुत हुनेछन् । निर्देशक रोहितका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु गरिनेछ । उनले भनेका छन्, ‘हामी चलचित्र छायांकनको उपयुक्त समय खोजिरहेका छौँ । त्यो समय आउनसाथ हामी फ्लोरमा जानेछौँ ।’ उनले चलचित्रको प्रोमो पहिले खिचिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment