Comments Add Comment

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाइल तस्वीर

३ चैत, विराटनगर । मोरङको डाईनिया रंगेली सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मृत्यु भएको छ ।

को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२३६ नम्बरको मोटरसाइकललाई बिहीबार रंगेली-७ झुगीटोल भन्ने स्थानमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा-१ बस्ने ३० वर्षीय दिपक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भादगाउँ सिनुवारी-४ को तित्री बनमा बुधबार नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा साइकल यात्री डुम्राहा-५ मर्चिया बस्ने २० वर्षीय सुमन चौधरीको मृत्यु भएको छ ।

सोही ठाउँका २१ वर्षीय सुरज चौधरी घाइते भएका छन् । उनको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment