Comments Add Comment

छेव ढोङताङभ्यो देवीको पूजा गर्ने १२ वर्षे मेला चैत २९ देखि

३ चैत, पोखरा । मुस्ताङको घरपु झोङ गाउँपालिकास्थित थाक ठिनी गाउँमा रहेको बाह्र बर्षे देवी छेव ढोङताङभ्यो (भोमो आमा) को दर्शन यहि चैतको अन्तिम सातादेखि दुई साताका लागि खुल्ला गरिने भएको छ ।

हरेक १२ वर्षमा दर्शनका लागि खुल्ला गरिने देबी यस वर्ष चैत २९ गतेदेखि २०७४ साल बैशाख १३ गतेसम्म दर्शनका लागि खुल्ला गरिने आयोजक ल्अखिम कर्पो (मन्दिर) संरक्षण तथा ब्यबस्थापन तथा बाह्र बर्षे देवी दर्शन, पूजा एवम् मेला मूल समितिले जनाएको छ ।

समितिका अनुसार देवी पूणिर्मादेखि मातातीर्थ औंशीसम्म दर्शनका लागि खुल्ला गर्ने परम्परा अनुसार नै यस वर्षपनि मिति तोकिएको हो ।

छेव ढोङताङभ्यो (भोमो आमा) बोन धर्म अन्तर्गत आय धर्म सम्प्रदायको प्रमुख देवी हुन् । उक्त देबीको दर्शन गरेमा दिर्घायु, श्रीसम्पती र सन्तान प्राप्ति हुने जन विश्वास रहिआएको मूल आयोजक समितिका सदस्य तथा पोखरा संयोजक वसन्त थकालीेले बताए ।

उनका अनुसार छेव ढोङताङभ्यो (भोमो आमा) देबीलाई परापूर्व कालमा भर्ति वंशका पुर्खा एवम् आय धर्मका प्रतिपादक परमपावन गुरु, धर्ती पुत्र एवम् सिद्धी पुरुष ङर्के ह्रनलाङ घुमले भारतको वृन्दावनबाट ल्याएर बिराजमान गराएको किम्वदन्ती बोन धर्ममा छ ।

दर्शनका लागि खुल्ला गरिएको समयमा पनि देबीलाई खुल्ला आकाश र धर्ती नदेखिने गरी राख्नुपर्ने परम्परा रहिआएको मन्दिरका लामा श्याम लामाले बताए । उनका अनुसार देबीको तस्वीर खिच्न मनाही छ ।

मूल आयोजक समितिका अनुसार चैत २९ गते दर्शनका लागि खुल्ला गर्नुपूर्व प्रारम्भ पूजा गरिनेछ । त्यस दिन देवी छेव तेताङभ्योको पवित्र दुग्न स्नान अर्थात ‘ठी’ पूजा कार्यक्रम रहेको छ । चैत ३० गतेदेखि बैशाख १२ गतेसम्म भक्तजनहरुको लागि ‘ठी’ पूजा गरिने र त्यसका लागि अगि्रम नाम दर्ता गर्नुपर्ने लामाले बताए ।

बाह्र वर्षे देवी दर्शनको अवसरमा आयोजित मेलामा भलिवल प्रतियोगिता, झाँकी प्रदर्शन, आमा समूहको सांस्कृतिक कार्यक्रम, तारा खेल प्रतियोगिता, तिनगाउँले थकाली जातिको धार्मिक, सांस्कृतिक तथा परम्परा संरक्षण सम्बन्धी अन्तर्क्रिया, सम्मान तथा अभिनन्दन तथा स्थानीय खेलहरुको प्रदर्शन लगायतका कार्यक्रम रहेको मूल आयोजक समितिका सदस्य तथा पोखरा संयोजक वसन्त थकालीले जानकारी दिए ।

देवीको मन्दिर भएको स्थान रपु झोङ गाउँपालिकास्थित थाक ठिनी गाउँ जोमसोमदेखि पूर्वपट्टी पर्छ । जहाँ गाडीमा करीब १० मिनेट र पैदल आधा घण्टा लाग्ने थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment