Comments Add Comment

नेरुसँग डलर एक वर्षयताकै कमजोर


४ चैत, काठमाडौं । नेपाली रुपैयाँको तुलनामा डलर एक वर्षयताकै सस्तो भएको छ । राष्ट्र बैंकले शुक्रबारको लागि डलर किन्ने दर १ सय ४ रुपैयाँ ४२ पैसा र बिक्री गर्नको लागि १ सय ५ रुपैयाँ २ पैसा तोकेको छ ।

०७२ पुसमा राष्ट्र बैंकले डलर खरिदको लागि १ सय ६ रुपैयाँ ६७ पैसा र बिक्रीको लागि १ सय ७ रुपैयाँ २७ पैसा तोकेको थियो । त्यसयता पटकपटक बिक्री दर १०६ सम्म आइपुगेको भए पनि १ सय ५ मा ओर्लिएको थिएन ।

अमेरिकी केन्द्रीय बैंक फेडले बुधवार आधार दरको रुपमा रहने व्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । अमेरिकी ब्याज दर अब १ प्रतिशत पुगेको छ । ब्याज दर बढेको कारण अमेरिकी मुद्रा डलर अवमूल्यन हुन पुगेको छ भने सुनको भाउ उकालो लाग्न थालेको छ । लगानीकर्ताहरु भने फेडले जुन र डिसेम्बर समेत यो दर बढाउने आशंका गरिरहेका छन् ।

नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको कारण अमेरिकी डलरमा भएको उतारचढावले प्रत्यक्ष असर गर्दैन । तरपनि भारुमा यसको असर देखिने हुँदा नेपाली मद्रामा पनि भारुको कारण असर देखिने गर्छ । भारतीय मुद्रा बिहीवार १६ महिनाकै उच्च भएको थियो । प्रति डलर भारुको दर ६५.४१ भारु पुगेको थियो । विश्लेषकहरुले भने भारुको मूल्यमा सुधारलाई अल्पकालीन भनेको छ । यो वर्षको अन्त्यसम्ममा प्रति डलरको लागि भारु ६६.५ देखि ६७.५ सम्म तिर्नुपर्ने हुनसक्ने बताइएको छ ।

शुक्रबार बिहान पनि भारतमा डलरको थप माग (फ्रेस डिमाण्ड) वृद्धि भएपछि भारु केही सस्तो भएपछि प्रति डलरको लागि ६५.६५ भारु तिर्नुपरिरहेको थियो । यो दर बिहीबारभन्दा ०.२४ भारु बढी हो ।

डलर कमजोर हुँदा नेपाल भित्रने रेमिट्यान्समा भने केही कमी देखिनेछ । मुद्रा सटहीमा कम रकम देखिने वा पाइने कारण पैसा पठाउने क्रममा केही कमी आउन सक्छ । बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार रेमिट्यान्स भित्रने दर खुम्चिदै यसको वृद्धिदर ५.२ प्रतिशतमा सिमित भएको छ । यता, डलर तिरेर आयात गरिने वस्तु भने सस्तिनेछ ।

एक वर्ष यताको प्रति एक डलरको खरिद तथा बिक्री दर रु.मा, तथ्यांक : राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment