Comments Add Comment

चिट चोर्ने विद्यार्थीले पारे यस्तो हैरान, डिक्सनरीमै शव्दको अर्थ बदल्न सरकार बाध्य


हामीकहाँ सुरु भएको एसइइ परीक्षमा विद्यार्थीहरुले लगेका बोराका बोरा चिट बरामद भैरहेका छन् । विद्यार्थीले चिट चोर्ने यो परम्परा हामीकहाँ मात्र होइन रहेछ ।

देश काल परिस्थिति अनुसार चिट चोर्ने तरिका मात्र फरक हुँदो रहेछ, तर रोग जहाँतहीँको उस्तै रहेछ । हेर्नुस त, विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्नका लागि शव्दकोषमा विद्यमान शव्दको अर्थ नै बदल्नुुपरेको छ । यो अनौठो घटना रोमानियाको हो ।

त्यहाँका अधिकारीहरुले रोमानियन अनलाइन डिक्सनरीमा भएका केही शव्दका अर्थहरु बदलिदिएका छन् । विद्यार्थीहरुले परीक्षामा चिट चोर्नका लागि अनलाइन डिक्सनरीको प्रयोग गर्ने गरेको पाइएपछि चिट चोर्न अत्यधिक प्रयोग हुने केही शव्दहरुका अर्थ नै परिवर्तन गरिएको छ ।

गत सोमबार भएको देशव्यापी कक्षा ८ को परीक्षामा गत वर्षमा झैँ डिइएक्स अनलाइन डिक्सनरीका केही शव्दको सर्च निकै उच्च दरमा बढेको थियो । परीक्षाको दिन अनलाइन डिक्सनरीमा केही शव्दको सर्च उच्च रुपमा बढ्नुलाई अधिकारीहरुले विद्यार्थीले चिट चोर्नका लागि त्यसको प्रयोग गर्ने गरेको आशंका गरे ।

परीक्षा चलिरहेको ९ देखि ११ बजेको समयमा तिनवटा शव्दको खोजी सबैभन्दा उच्च दरमा बढेको पाइएपछि अधिकारीहरुले अनलाइन शव्दकोषका ती तिनवटा शव्दको परिभाषा पूूर्णरुपमा बदलिदिएका छन् ।

त्यसमध्ये pretutindeni भन्ने रोमानियन शव्दको वास्तविक अर्थ यत्रतत्र भन्ने हुन्छ । तर अब अनलाइन डिक्सनरीमा त्यसको अर्थ परिवर्तन गरी eternal or forever अर्थात् अनन्त वा सधैंभरी भन्ने बनाइएको छ ।

त्यस्तै to spot भन्ने क्रियापदको अर्थ समेत संसोधन गरी to rush भन्ने गराइएको छ ।

कक्षा ८ को परीक्षा सुरु हुनुुअघि यी दुुइवटा शव्दको अनलाइन डिक्सनरीमा खोजी संख्या जम्मा ९ थियो । जब परीक्षा सुरु भयो तब यी शव्दको अनलाइन सर्च ह्वात्तै बढेर सयौँको संख्यामा पुुग्यो ।

स्मरण रहोस् परीक्षामा यी दुुईवटा शव्द दिएर त्यसको अर्थ सोधिएको थियो ।

तर परीक्षामा नसोधिएको एउटा शव्दको खोजी पनि परीक्षा अवधिमा निकै बढ्यो । त्यो शव्द थियो, treachery अर्थात् षडयन्त्र । अधिकारीहरुले त्यो शव्द पनि परीक्षामै सोधिएको भन्ने ठानेर त्यसको समेत परिभाषा बदलिदिए । तर वास्तवमा भएको के रहेछ भने त्यस बिहान एक चर्चित रोमानियाली लेखकले आफ्नो ब्लगमा उक्त शव्दको प्रयोग गरेका रहेछन्, जसका कारण उक्त शव्द भाइरल बनेको रहेछ । अधिकारीहरुले त्यसलाई दुुर्भाग्यपूर्ण संयोग भनेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment