Comments Add Comment

नराम्रो हर्कत गरे लगत्तै कपिलले किन शेयर गरे गर्लफ्रेन्डको फोटो ?

कपिल शर्माले मदिराको नसामा सुनील ग्रोवरमाथि अभद्र शैलीमा गाली गर्नुका साथै कुटपिट गरेको खबर उत्कर्षमा पुगिरहेको बेला किन कपिलले ट्वीटरमा ‘पत्नी’को फोटो शेयर गरे ?

जबकी फोटो शेयर गरे लगत्तै कपिलकी पूर्व प्रेमिका प्रीति सिमोसल प्रशंसकलाई कन्फ्युज्ड बनाइदिए । प्रीतिले गिन्नीको फोटो शेयर गर्दै ‘बधाई’ दिएकी थिइन्, जसमा गिन्नी एकदमै भद्दा एवं मोटी देखिएकी थिइन् । अर्कोमा उनले आफ्नो र कपिलको फोटो शेयर गर्न भ्याइन् ।

प्रीति कपिलको प्रोडक्सन हाउस के नाइनकी क्रिएटिभ प्रमूख हुन् । र, उनको नाम अक्सर कपिलसँग जोडिने गरेको छ । उनीहरुबीच अफेयर रहेको दुबैले स्विकार पनि गरेका थिए ।

अष्ट्रेलियामा कार्यक्रम सकिएर फर्किएका कपिलले मुम्बईमा उत्रिएपछि गर्लफ्रेन्डलाई पत्नी भन्दै किन फोटो शेयर गरे त ?

वास्तवमा उनले उडानको क्रममा मदिराले लट्ठिएर आफ्नै कलाकारमाथि जुन हर्कत गरे, त्यसलाई ओझेल पार्न यस्तो उपाय रचेको अनुमान गरिन्छ । आफ्नो टिम सहित अष्ट्रेलियाबाट मुम्बई आउने क्रममा कपिलले सुनील ग्रोवरलगायतलाई गाली गर्दै हात समेत हालेका थिए ।

त्यस दिन कपिलले फ्लाइटमा अन्य यात्रुसँग समेत रुखो व्यवहार गरेका थिए । ९ बर्षकी एक बच्चाले कपिलसँग सेल्फी लिन खोज्दा बच्चाका आमाबुवालाई समेत गाली गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment