Comments Add Comment

बुल्गेरियासँग हार्‍यो नेदरल्याण्ड्स, विश्वकपमा छनौट कठिन

१३ चैत, काठमाडौं । सन् २०१० को विश्वकपको फाइनलिष्ट तथा २०१४ को सेमिफाइनललिष्ट नेदरल्याण्ड्ले आगामी विश्वकपको युरोपेली छनौटमा खराव प्रदर्शन जारी राख्दा छनौटको बाटो कठिन बन्दै गएको छ ।

नेदरल्याण्ड्स युरोपेली छनौटको समूह ए मा छ । यस समूहमा फ्रान्स, स्वीडेन लगायत छन् । गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले बुल्गेरियासँग अप्रत्यासित पराजय ब्यहोर्‍यो ।

घरेलु मैदानमा बुल्गेरियाका स्ट्राइकर स्पास डेलेभले दुई गोल गरेपछि आर्यन रोविनको नेदरल्याण्ड्सले हार स्वीकार्न बाध्य भयो । खेलको ५औं र २०औं मिनेटमै बुल्गेरियाले दुई शून्यको अग्रता लियो र अन्त्यसम्मै त्यसलाई जोगाइराख्न सफल भयो ।

छनौट चरणका पाँच खेल सकिँदा नेदरल्याण्ड्सले २ खेलमा मात्र जित हासिल गरेको छ । स्वीडेनसँग बराबरी खेलेको उसले फ्रान्स र बुल्गेरियासँग हारेको छ । डच टोलीको ७ अंक छ भने शीर्ष स्थानको फ्रान्सको १३, स्वीडेनको १० र बुल्गेरियाको ९ अंक छ ।

हिजै भएको खेलमा लग्जेम्बर्गलाई ३-१ ले हराउँदै फ्रान्सले शीर्ष स्थानमा ३ अंकको अग्रता यथावत राख्यो । फ्रान्सका लागि ओलिभर जिरोर्डले २ गोल गर्दा एन्टोइन् ग्रिजम्यानले १ गोल गरेका थिए ।

यसै समूहबाट स्वीडेनले पनि बेलारुसलाई ४-० ले हराउँदै दोस्रो स्थानमा यथावत रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment