Comments Add Comment

एक्स-रे मेसिन चलाउने प्राबिधिक नहुँदा बिरामी मर्कामा

१३ चैत, झापा । झापाको गौरीगञ्जस्थित गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका एक्स-रे मेसिन लगायतका उपकरण संचालनमा नआएपछि सेवाग्रही मर्कामा परेका छन ।

एक्स-रे र ईसीजी मेसिन संचालन गर्ने प्राविधिकको अभावमा स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका विरामीहरु मर्कामा परेका हुन् । संचालनमा ल्याउन नसक्दा ती उपकरणहरु कवाडी बन्दै गएको केन्द्रले जनाएको छ ।

प्राविधिकहरुको अभावमा एक्स-रे मेसिन, ईसिजी मेसिन लगायतका उपकरणहरु कवाडी बन्न गएको स्वास्थ्य केन्द्रका ल्याव टेक्नेसियन हेमराज बोहोराले स्वीकार गरे

भारतसँग सिमा जोडिएको झापाको पश्चिम दक्षिणी क्षेत्रमा रहेको यस स्वास्थ्य केन्द्रमा करिब ५ वर्ष अघि नै खरिद गरिएका एक्स-रे मेसिन लगायतका उपकरणहरु प्राविधिक नभएका कारण संचालनमा आउन सकेका छैनन् ।

स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्ने उपकरणहरु बर्षौंदेखि थन्किँदा आफूहरुले महंगो रुपैयाँ खर्च गरेर उपचार गर्न बाध्य हुनु परेको स्थानीयबासीको गुनासो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले उपकरणहरु संचालनमा ल्याउन चासो नदिएको पनि स्थानीयको गुनासो छ ।

पाँच वर्ष अघि एक्स-रे मेसिन तत्कालिन खजुरगाछी र गौरीगञ्ज गाउँ विकास समितीले स्थानीयलाई सेवा दिने उद्देश्यले ४ लाख लागतमा खरिद गरेको थियो भने ईसिजी मेसिन स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाबाट प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment