Comments Add Comment

फोहोरको थुप्रोमा भेटियो १९ राउण्ड गोली

१३ चैत, काठमाडौं । काठमाडौं ठमेलमा वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा १९ राउण्ड गोली भेटिएको हो ।

दरवारमार्ग बृतका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार सडक बालवालिकाले फोहोरको थुप्रो भेटिएको प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो ।

‘फाहोर उठाउने कन्टेनरका चालकले सडक वालवालिकाले भेटेको प्लास्टिक भित्र गोली देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।’ इन्स्पेक्टर सिंहले भने ।

प्याकेटमा भेटिएको १९ राउण्ड गोली ६.५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खाल भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment