Comments Add Comment

अष्ट्रेलिया विरुद्ध पहिलो इनिङमा भारतलाई ३२ रनको अग्रता

१४ चैत, काठमाडौं । अष्ट्रेलियाबिरुद्धको चौथो तथा निर्णायक टेष्टमा भारतले पहिलो इनिङमा ३२ रनको झिनो अग्रता बनाएको छ ।

हिमाञ्चल प्रदेश क्रिकेट रंगशाला धर्मशालामा २४८/६ को स्थितिबाट तेस्रो दिनको सुरुवात गरेको भारतले लञ्च अगाडि चार विकेट गुमाएर ८४ रन जोड्यो र ३३२ रनमा अलआउट भयो ।

१६ रनबाट तेस्रो दिनको सुरुवात गरेका रविन्द्र जडेजाले ६३ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा १० रनबाट तेस्रो दिनको आरम्भ गरेका ऋद्धिमान शाहले ३१ रन जोडे । अष्ट्रेलियामा नाथान ल्योनले आज १ विकेट लिँदै पहिलो इनिङमा विकेट संख्या पाँच पुर्‍याए । अष्ट्रेलियाका लागि प्याट क्युमिन्सले पनि ३ विकटे झारे ।

यसअघि पहिलो इनिङमा अष्ट्रेलियाले ३०० रन बनाएको थियो । कप्तान स्टिभ स्मिथले शकत प्रहार गरेका थिए ।

यसअघि भएको तीन टेष्टमध्ये पहिलो अष्ट्रेलियाले, दोस्रो भारतले र तेस्रो बराबरीमा सकिएको थियो । सिरिज हात पार्नका लागि यो खेल दुवै टोलीका लागि निर्णायक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment