Comments Add Comment

रामेछाप एमालेले तोक्यो नगर र गाउँपालिका नेता

१५ चैत,काठमाडौं । नेकपा एमालेले स्थानीय चुनाव जित्ने लक्ष्यसहित रामेछाप जिल्लाभित्रका दुई नगरपालिका र ६ गाउपालिकामा पार्टीका नेताहरुलाई जिम्मेवारी दिएको छ ।

स्थानीय तह कार्यन्वयनमा आएसगै यसअघिका गाउ कमिटीहरु स्वतः वडा कमिटीमा रुपान्तरण गर्दै गाउपालिका कमिटी गठन गरिएको हो ।

एमालेका प्रचार बिभाग प्रमुख प्रकाशकुमार कार्कीका अनुसार मन्थली नगरपालिकाको संयोजकमा कृष्णहरी अधिकारी र सहसंयोजक लव श्रेष्ठ चयन भएका छन् । नगर इन्चार्जको जिम्मेवारी जिल्ला सचिव आनन्द श्रेष्ठले पाएका छन् । त्यस्तै रामेछाप नगरपालिकाको संयोजक युवराज पाखि्रन र सहसंयोजक शान्ता सापकोटा चयन भएका छन् ।

उमाकुण्ड गाउपालिकाको संयोजकमा चित्रवहादुर कार्की र सहसंयोजक शेरवहादुर सुनुवार चयन भएका छन् । त्यस्तै गोकुलगंगा गाउपालिकाको संयोजक खड्गवहादुर सुनुवार र सहसंयोजक इश्वरी घिमिरे चयन भएको एमालेले जनाएको छ । जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले लिखु गाउपालिका संयोजकको जिम्मेवारी उद्धब कडरिया र सहसंयोजक रत्न दर्जीलाई दिएको छ ।

खाडादेवी गाउपालिकाको संयोजक ज्ञानकुमार श्रेष्ठ र सहसंयोजक प्रेम खड्का तोकिएका छन् भने दोरम्बार गाउपालिका स्रयोजकमाा कुमार कडले र सहसंयोजक कमोमल ढुंगेल छानिएका छन् । त्यस्तै सुनापाति गाउपालिकाको संयोजक रामकृष्ण लामा र सहसंयोजक प्रदिप योन्जन छन् भने इन्चार्ज प्रेम तामाङ तोकिएका छन् ।

जिल्ला सदरमुकाम मन्थलीमा बसेको बैठकमा जिल्ला इन्चार्ज देवशंकर पौडेल,केन्द्रीय सदस्य माधव ढुंगेल र प्रदेश कमिटी सदस्य कैलाश ढुंगेलले स्थानीय तहको चुनाव जित्ने गरि अघि बढ्नुपर्ने बताएका थिए । बैठकअघि एमालेले सबै गाउपालिकाका वडाहरुमा जिल्ला सदस्यहरुको टोली पठाएर चुनावी आकलन गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment