Comments Add Comment

अनलाइनमार्फत् अनुगमनको व्यवस्था मिलाउन मन्त्री शाहीको निर्देशन 

१६ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई कार्यसम्पादनको अनलाइन अनुगमन र मूल्यांकन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।  बुधबार विभागीय प्रमुखहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर शाहीले यस्तो निर्देशन दिएका हुन् ।

राज्यमन्त्री दीपक खड्का र सचिव भीम उपाध्यायलाई समेत साथमा राखेर मन्त्री शाहीले प्राविधिकहरुको वर्चश्व रहेको मन्त्रालय पूर्णरुपमा प्रविधियुक्त बनाउन निर्देशन दिए ।

मन्त्री शाहीले विभागीय प्रमुखहरुलाई भने, ‘तपाइँहरुले दैनिक रुपमा सम्पादन गर्न गरेको काम र आयोजनाहरुको प्रगति विवरण हरेक दिन अपडेट गर्नुहोस् । त्यसपछि आफूले अनलाइन रुपमै मूल्यांकन गरेर थप निर्देशन र व्यवस्थापन गर्न पाउँ ।’

मेलम्ची खानेपानी लगायतका आयोजनाहरुको काम समयमै सकिनु पर्नेमा जोड दिँदै मन्त्री शाहीले त्यसका लागि आफू जस्तोसुकै सक्रियता देखाउन र पहल गर्ने तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment