Comments Add Comment

बैद्यले भने-चुनाव बहिस्कार गर्दैमा क्रान्तिकारी भइँदैन

१९ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय चुनावको ‘क्रान्तिकारी उपयोग’ गर्ने बताएको छ ।

बैद्य माओवादीले स्थानीय चुनावको उपयोग पार्टीद्वारा नभई मोर्चामार्फत गर्ने बताएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले चुनावलाई पश्चगामी शक्ति तथा व्यवस्थाको विरोध र भण्डाफोर गर्ने उपयुक्त माध्यम हुने निष्कर्ष निकाल्दै ‘क्रान्तिकारी उपयोग’ गर्ने निर्णय गरेको छ ।

अध्यक्ष मोहन बैद्यले भनेका छन्, ‘सामान्य अर्थमा नेपालमा चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता पनि पाइन्छ । त्यो गलत हो ।’

दोस्रो संविधानसभा चुनाव बहिस्कार गरेको बैद्य माओवादीले चुनाव बहिष्कार क्रान्तिकारी नभई ढोंगमा परिणत भएका उदाहरणहरु रहेको भन्दै भनेको छ, चुनाव उपयोग हमेशा गलत र बहिष्कार हमेशा सही हुन्छ भन्ने कुरा पनि ठीक होइन ।’

यद्यपि बैद्य माओवादीले चुनावमा सहभागिता वर्तमान दलहरुको भण्डाफोर गर्ने र क्रान्तिको तयारीका लागि जनाधार तयार पार्ने तथा संगठन विस्तार गर्ने उद्देश्यमा आधारित हुने बताएको छ ।

‘निर्वाचन उपयोगको क्रममा हामीले राप्रपा, नेका, एमाले, माओवादी केन्द्रसहितका राजनीतिक दलहरुको प्रतिक्रान्तिकारी तथा राष्ट्रघाती चरित्रको सशक्तविरोध तथा भण्डाफोर गर्नुपर्दछ’ बैद्य माओवादीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment