Comments Add Comment

मेलम्ची आयोजनाको निर्माण दशैं अघि नै सम्पन्न गर्न लेखा समितिको निर्देशन

२२ चैत, काठमाडाैं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले मंगलबार खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि नै सक्न निर्देशन दिएको छ । साथै प्रत्येक महिना प्रगति विवरण पेश गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई भनेको छ ।

समितिले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण वितरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।

समितिले पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा आएको समस्या समाधान गर्न, वातावरणीय प्रदुषण न्यूनीकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्देशन दिएको छ ।

समितिले आयोजनाको स्थलगत अवलोकन गर्ने तयारी पनि गरेको छ । आयोजनाबाट वित्तिय व्यवस्थापनसम्बन्धी विवरण समितिमा आउने वित्तिकै स्थलगत अवलोकन गर्ने निर्णय लिइएको समितिले जनाएको छ ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनले मेलम्ची खानेपानीको निर्माण कार्य दशैं भित्र सक्ने प्रतिवद्धता जनाए ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले सुरुङ निर्माणको काम अब ४ किलोमिटर मात्रै बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment