Comments Add Comment

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्तिबीच पार्टी एकताको सहमति

२२ चैत, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । तर, पार्टीको नाम र पद बाँडफाँडबारे टुंगो लाग्न बाँकी छ ।

स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो । ‘एकथरीले भोलि नै घोषणा गरौं भनेका छन्, केहीले अलिपछि गरौैं भनेका छौं’ जनमुक्ति पार्टीका अध्यक्ष एवं संसद थापाले भने, स्थानीय चुनावअघि नै एकता हुन्छ ।’

तीन प्रतिशतको थ्रेस होल्ड राखेपछि साना दलहरुलाई एकताको दबाव बढेको छ । प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा कम्तिमा एक सिट जितेको दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरी हालै मात्र राजनीतिक दलसम्वन्धी विधेयक पास भएको छ ।

साथै राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकले स्थानीय चुनावमा स्वतन्त्र चुनाव चिन्ह लिनु पर्ने भएपछि फोरम लोकतान्त्रिकसँग एकता गर्न लागेको हो ।

पार्टी एकतापछि अध्यक्ष गच्छदार नै हुने सहमति भइसकेको छ । तर, थापाको पद तय भएको छैन । फोरम लोकतान्त्रिकले उपाध्यक्ष प्रस्ताव गरेको छ । र, जनमुक्तिले सहअध्यक्ष दाबी गर्दै आएको छ ।

पार्टीको नाम पनि टुंगिन बाँकी छ । गच्छदारको पार्टीले नेपाल फोरम लोकतान्त्रिक प्रस्ताव गरेको छ भने शिवलाल थापाको पार्टीले पार्टी एकतापछि संघीय जनमुक्ति फोरम नाम राख्नु पर्ने प्रस्ताव राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment