Comments Add Comment

अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन

२४ चैत, काठमाडौं । प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा बिहिबार भएको खेलमा आर्मीले ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै च्याम्पियन बन्यो ।

शसस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो । एपिएफले दुई स्वर्ण र दुई कास्यपदक हात पार्दै दोस्रो स्थान हात पारेको हो । एक स्वर्ण, दुई रजत र दुई कास्य पदक हात पार्दै पूर्वाञ्चल तेस्रो स्थानमा रहयो ।

टिमपुम्से विधातर्फ नेपाल आर्मीले स्वर्ण, मध्यमाञ्चलले रजत तथा एपिएफ र पूर्वाञ्चलले कास्य जित्यो । एकल पुम्सेतर्फ सुदुरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्र्वण,सुदुरपश्चिमाञ्चलकी निता गुरुङ रजत तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ताले कास्य जितिन् ।

सिनियर फाइटतर्फको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत तथा सुदुरपश्चिमकी आकृती कार्की र पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्य पदक जिते । ६२ केजी तौल समूहमा पूर्वाचलकी सन्ध्या सिहंले स्वर्ण, आर्मीकी मुस्कान कार्की रजत तथा मध्य पश्चिमाञ्चकली मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसीले कास्य जितीन । ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापाले स्वर्ण,पूर्वाञ्चलकी सिना मादेन रजत तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेरले कास्य हात पारे ।

त्यस्तै ५३ केजी तौलसमूहमा भारतकी सिवानी ठाकुरले स्वर्ण,नेपालकी कल्पना चौधरीले रजत पदक हात पारिन । पूर्वाञ्चलकी सुनीता तामाङ र सुदुरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक पाए । ४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठले स्वर्ण, पूर्वाञ्चलकी सुसीला बुढाथोकी रजत, तथा मध्यमाञ्चलकी बीना गुरुङ र सुदुरपश्चिमाञ्चलक चन्दा घर्तीमगरले कास्य जिते । ४२ केजीमा एपिएफकी दक्षिणा ठकुरीले स्वर्ण, आर्मीकी सिना श्रेष्ठ रजत तथा पश्चिमाञ्चलकी पुजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठले कास्य जितिन् ।

दुई दिने प्रतियोगितामा फाइटतर्फ भारतकी शारदा दिक्षित र पुम्सेतर्फ आर्मीको टिम बेस्ट बेस्ट प्लेयर चुनिए । उनिहरुले दुवैले ५१ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठले स्वर्ण,भारतकी कृतिका ठाकुरले रजत तथा ४९ केजीमा एपीएफकी अस्मीता खड्काले स्वर्ण र भारतकी शारदा दिक्षितले रजत जितिन् ।

नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तिकरण समितिको आयोजनामा गरेको दुई दिने उक्त प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागिय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment