Comments Add Comment

आर्इजीपी अर्यालले प्रधानमन्त्रीलार्इ भेटे


२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ ।
साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment