Comments Add Comment

कपिलबस्तुको सितलापुरमा आगलागी, ५७ घर नष्ट

३० चैत, कपिलबस्तु । कपिलवस्तुकोे शिवराज नगरपालिका-११ सितलापुरमा आगलागी भएको छ ।

मन्नु पासिको घरबाट बुधबार सुरु भएको आगाेले अहिलेसम्म ५७ घर नष्ट भएको त्यहाँबाट सनिउल्ला धोबीले जानकारी दिएकाछन् । बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो ।

आगलागी भएको स्थानमा कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ । आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment