Comments Add Comment

सिड्नीमा फिल्मी बहस : घरजग्गामा भन्दा फिल्ममा लगानी राम्रो

आगामी नोबेम्बरमा फिल्म फेस्टिवल हुने

१२ अप्रील, सिड्नी । अस्ट्रेलियाको व्यापारिक नगर सिड्नीमा यो हप्ता नेपाली चलचित्र क्षेत्र बारे महत्वपूर्ण बहस भएको छ ।

आफ्नो पछिल्लो फिल्म ‘लभ शाषा’ को बिशेष प्रदर्शनीका लागि यहाँ आएका कलाकार केकी अधिकारी र निर्देशक प्रचण्ड श्रेष्ठसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले फिल्मी क्षेत्रलाई फराकिलो बनाउन सबैले लगानी गर्न जरुरी भएको तर्फ जोड गरिएको थियो ।

फिल्मका लागि नेपाल उर्वर भूमी

‘नेपाली फिल्म उद्योगमा प्रवासी नेपालीको संलग्नता र वितरणमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा निर्माता दिनेश पोख्रेलले आफ्नो पढाईपछिको पहिलो रोजाई फिल्म भएकोले आफूले पूर्वी क्षेत्रमा फिल्म वितरणलाई मजबुद बनाएको बताएका थिए ।

उनले नेपाल फिल्मका लागि उर्वर भूमीका रुपमा चिनिन थालेको बताउदै नेपाली चलचित्रमा गरेको लगानी उठ्न थालेकोले सबैलाई लगान गर्न आव्हान गरे ।

उनले चलचित्र क्षेत्रलाई नै भविष्य मानेर लाग्नुपर्ने भन्दै अहिले प्रवासको लगानी आवश्यक भएको समेत बताए ।

जग्गामा भन्दा फिल्ममा लगानी गर्नु फाइदा

कार्यक्रममा निर्देशक प्रचण्डमान श्रेष्ठले पछिल्लो पाँच वर्षमा नेपाली फिल्मको ब्यापार बढेको भन्दै फिल्म वितरणमाको अनुशासनमा देखिएको समस्या पनि अहिले कम भएको बताए ।

उनले अहिले नेपालमा पनि नेपाली फिल्मको ‘सो’ बढिरहेको भन्दै प्रवासका लागनीकर्ताहरुलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनले जग्गामा लगानी गर्नुभन्दा फिल्ममा लगानी गर्नु फाइदा हुने तर्क गरेकाछन् । तर, लगानी गर्दा होसियारी अपनाउन पनि उनले सजग गराए । अस्ट्रेलिया नेपाली फिल्मको राम्रो बजार भएकाले यहाँका वितरकहरुले तीन सय ६५ दिनको कार्यतालिका बनाएर लाग्दा झन सफल हुने बताए ।

नेपालीले नै नेपाली फिल्म नहेर्ने प्रबृत्तीको अन्त्य भयो

हाल अष्ट्रेलियामा रहेकी नायिका केकी अधिकारीले यो आफ्नो दोस्रो अस्ट्रेलिया भ्रमण फिल्म प्रदर्शन र आफ्ना सुभचिन्तकहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्न पाउदा सफल भएको बताइन ।

उनले हिजोका दिनमा नेपाली फिल्म नेपालीले नै मन नपराउने गरेको भन्दै आफूलाई पढेको मान्छे किन फिल्म क्षेत्रमा लागेको भन्नेहरु पनि धेरै भएको बताइन ।

एमबिबिएसको तयारी गर्दै गर्दा फिल्म क्षेत्रमा प्रवेश गरेको भन्दै उनले अहिले आफूलाई एम.बि.बि.एस नपढ्दा कुनै पछुतो नभएको बताइन । आफूले अहिले अभिनयबाटै डाक्टर को भूमिकामा न्याय गर्न सक्ने तर डाक्टर भएको भए चलचित्रमा अभिनय गर्न सम्भव हुने पनि बताइन ।

नेपालमा भन्दा प्रवासमा काम गर्न गाह्रो

नेपाली चलचित्र ‘दास ढुंगा’ का निर्देशक अपिल बिस्टले यो क्षेत्रमा काम गर्न जहाभएपनि गाह्रो नै भएको भन्दै नेपालमा भन्दा विदेशमा अझ गाह्रो भएको बताए ।

विदेशमा कानुनि प्रक्रियाहरु र फिल्म निर्माण सामग्रीहरुको प्रयोगमा असहजता र सरल पहुँच नहुँदा अझ समस्या हुने उनले बताए ।

अष्ट्रेलियामा फिल्म वितरण सहज बन्दै

नेपाली चलचित्रको सिड्नीमा प्रदर्शनको अनुभव बटुलेका भूपाल सिटौलाले नेपाली चलचित्रको अष्ट्रलियामा वितरणमा अझै सहज बनिनसकेको अनुभूति सुनाए ।

आयोजक सस्था टु टेबलका तर्फबाट बुल्शन लाम्गादेले विभिन्न क्षेत्रका बिचारहरुलाई मन्थन गर्न यो सस्था निर्माण भयको भन्दै अस्ट्रेलियामा चलचत्र क्षेत्र को बहसबाट नयाँ उपायहरु सृजना हुने बताए ।

सिड्नीमा नोभेम्बर ३ देखि ५ सम्म फिल्म महोत्सव

अस्ट्रेलियामा क्रियाशील चलचित्र निर्देशक मनोज अधिकारीले यो बहसको अन्तमा आगामी नोबेम्बर ३ देखि ५ सम्म सिड्नीमा नेपाली फिल्म महोत्सव आयोजना गरिने घोषणा गरे ।

उक्त महोत्सवका लागि एक हप्ता मै दर्ता खुल्ने उनले बताए । नेपाली फिचर फिम, सर्ट फिल्म र डकुमेन्ट्रीहरुको प्रदर्शन गर्दै प्रवासमा नेपाली चलचित्रको परिचयलाई अझै फराकिलो बनाउने बिस्वास व्यक्त गरे ।

चलचित्र ‘लभ शाषा’ को अस्ट्रेलिया प्रदर्शनमा सहयोग गरेको राइट एंड असोसियेटका बालचन्ऽ भट्टराईले अनलाइनखबरसंग भने,’हामी व्यापारिक रुपमा होइन सामाजिक कामका लागि नेपाली चलचित्रको अस्ट्रेलियामा प्रदर्शनका लागि निरन्तर सहयोग गर्ने छौ ।’

अघिल्लो हप्ता छुट्नेहरुका लागि उक्त चलचित्रको सिड्नीमा बुधबार दोश्रो शो भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment