Comments Add Comment

एनसेलले ल्यायो नयाँ वर्षमा रोमिङ अफर, ५ सयमा अनलिमिटेड डेटा

प्रिपेडमा अब स्वतः रोमिङ् सेवा उपलब्ध हुने


३० चैत, काठमाडौं । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै पि्रपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले आफु रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा संम्बधित देशका व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यही बिहीबार -चैत्र ३१) देखि लागु हुनेछ ।

दैनिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले यो सेवानिःशुल्क सुचारु गरी करसहित मात्र ५०० रुपैयाँमा अनलिमिटेड डेटाको मजा लिन सक्नेछन् । यो सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ ।

नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ, शुल्क ५०० रुपैयाँ भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नवीकरण भएपनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क लाग्ने छैन । दैनिक रोमिङ् डेटा प्याकभारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागू हुनेछ ।

त्यसैगरी आफु यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले करसहित मात्र ५०० रुपैयाँमा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकलिन सक्नेछन् ।

यो प्याकअन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् । यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ ।

आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याक जति पटक पनि लिन सक्छन् । यो प्याकभारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।

एनसेलका ग्राहकले एस्टि्रक्स १७१२९ ह्यास डायल गरि प्राप्त जानकारीअनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ-साथै एनसेलको पि्रपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना पि्रपेड ग्राहकका लागि रोमिङ् सेवा स्वतउपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वतः उपलब्ध भएको जानकारी गराइने छ ।

भारत र चीनको लागिभने पि्रपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि एस्टि्रक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

“विभिन्न देशमा भ्रमणमा रहँदा ग्राहकको सञ्चारको आवश्यकतालाई परिपुर्ति गर्न भ्वाइस, डेटा र एसएमएसको अफरहरु ल्याउन पाउँदा हामी हषिर्त छाैं । यसले रोमिङ्मा रहँदा हाम्रा ग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउनेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

दैनिकभ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क ल्ाागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्टि्रक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्नेशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् । एनसेलका ग्राहकले एस्टि्रक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment