Comments Add Comment

बुल्गेरियन नागरिकले एटिएमबाट गरेको चोरीको विवरण माग्दै राष्ट्र बैंक

३१ चैत, काठमाडौं । गत माघ र फागुनमा बिभिन्न देशका डेविट कार्ड प्रयोग गरेर नबिल बैंकका एटिएमबाट रकम चोरी गरेका बुल्गेरियन टोलीले अन्य बैंकबाट पनि रकम निकालेको हुनसक्ने भन्दै राष्ट्र बैंकले बैंकहरुसँग यसको विवरण मागेको छ ।

नबिल बैंकको पोखरा शाखाले बुल्गेरियन नागरिक इिभानोभ मार्टिन हित्रोव सहितका टोलिलाई विपक्षी बनाई दायर गरेको मुद्धको अनुसन्धानको लागि यस्तो विवरण आवश्यक परेको भन्दै  बैंकहरुबाट विवरण मागिदिन जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्र बैंकलाईअनुरोध गरेको हो ।

बुल्गेरियन लगायत बिभिन्न देशका नागरिकहरु पछिल्लो समय नक्कली एटिएमको प्रयोग गरेर पैसा निकाल्दै गर्दा पक्राउ परेका छन् । २०७१ सालदेखि नै समयसमयमा विदेशीहरुले एटिएमबाट पैसा चोरी गरेको प्रहरीले फेला पार्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment