Comments Add Comment

लक्ष्मी बैंकको आजबाट हकप्रद खुला


३ बैशाख, काठमाडौं । लक्ष्मी बैंकले आज (बैशाख ३ गते) देखि १ बारबर १ अनुपातमा हकप्रद जारी गरिरहेको छ ।

जेठ ७ गतेसम्म खुल्ने यस निष्काशनमा गत चैत १७ सम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउने छन् । ३ अर्ब १५ करोड चुक्ता पुँजी रहेको यस बैंकको हकप्रद जारीसँगै यो रकम ६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले हालै प्रोफशनल दियालो बिकास बैंकलाई एक्वायर गरेको थियो । बैंकले १८.२९ प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ पुग्ने भएको छ ।

बैंकको सबै कार्यालय र लक्ष्मी क्यापिटलको कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment