Comments Add Comment

सुन तोलाको ५५ हजार ७ सय पुग्यो, डलर भने सस्तो

३ बैशाख, काठमाडौं । सुनको मूल्य आइतबार पनि तोलामा १ सय रुपैयाँले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ । चैत २९ गतेदेखि नेपाली बजारमा बढ्ने क्रममा रहेको सुनको मूल्य यी दिनमा कुल १ हजार रुपैयाँले बढोत्तरी भएको छ ।

अघिल्लो साताको शुक्रबार ५ महिनाकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य गत साता पनि बलियो देखियो । उत्तर कोरियामा बढ्दो तनाव र मध्य पुर्वि देशहरुबाट उच्च माग आइरहेकोले अन्तराष्ट्रबजारमा सुनको मूल्य बढिरहेको विदेशी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साता अमेरिकाले सिरिया मिसाइल प्रहार गरेपछि सुनको मूल्य उच्च भएको थियो । उत्तर कोरियाले पनि हालै मिसाइल परिक्ष्ण गरेको छ ।

गत शुक्रबार तत्काल भुक्तानी गरिने (भौतिक) सुन प्रतिऔंस १ हजार २ सय ८४ डलरमा कारोबारमा कारोबार भइहेको थियो । शनिबार र आइतबार भने बिदेशी बजार बन्द रहने गर्छन् । डलर केही सस्तिदा समेत सूनको मूल्य वृद्धि कायम रहन सकेको पनि सञ्चार माध्यमले उल्लेख गरेका छन् । धेरै जसो अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य कम्तिमा पन १३ सय डलर पुग्ने विश्लेषण गर्न थालिरहेका छन् । यसो भएमा नेपाली बजारमा पनि आगामी दिनमा सुनको मूलय केही वृद्धि हुनेछ ।
यता, नेपाली बजारमा पनि डलर क्रमिक रुपमा सस्ति रहेको छ । चैत २५ गते यता प्रतिडलर किन्न नेपालीले १ सय ३ रुपैयाँको हाराहारीमा तिरे पुग्ने भएको छ । दुई महिनाअघिसम्म नेपालीले प्रति डलरको लागि १ सय ५ रुपैयाँ ३४ पैसा तिर्न परिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment