Comments Add Comment

अवैध डलरसहित पक्राउ पाइलट अवाले धरौटीमा छुटे

३ बैशाख, काठमाडौं । अवैध डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटेका छन् ।

अवाले ९६ लाख ९० हजार ४०८ रुपैयाँ धरौटीमा छुटेको राजश्व अनुसन्धान विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले बताए ।

काठमाडौं दुबई उडानका लागि विमानस्थल पुगेका वरिष्ठ पाइलट अवाले ९३ हजार ६०० डलरसहित पक्राउ परेका थिए । एयरपोर्ट प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।

उनीविरुद्ध अनुसन्धान भइरहेको र मुद्धा दायर हुन बाँकी रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment