Comments Add Comment

बर्षा भर्सेस बर्षा, कसले मार्‍यो फड्को ?


नेपाली चलचित्र क्षेत्रमा यतिबेला २ बर्षाको राम्रै चर्चा छ । चलचित्रमा एउटै समयमा प्रवेश गरेका कारण पनि दुई बर्षाविच तुलना हुनु स्वभाविक हो । हामी, यहाँ नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीको चर्चा गर्दैछौ । यी दुइको तुलना गर्नु अगाडि सबैभन्दा पहिला चलचित्र ‘मेरी पैसा खोई’को बिषयमा कुरा गर्नु उपयुक्त होला ।

यो चलचित्रमा बर्षा सिवाकोटीलाई पहिले संझौता गरिएको थियो । मुख्य भूमिकामा भन्दै बर्षालाई निर्माता तथा निर्देशक रोज राणाले संझौता गरेका थिए । तर, पछि जब बर्षा राउत चलचित्रमा प्रवेश गरिन्, त्यसपछि एकाएक कुरा फेरियो । मिडियामा बर्षा राउत मुख्य नायिका भनेर आएपछि बर्षा सिवाकोटीले बाटो मोडिन् ।

आफूलाई मुख्य नायिका भनेर संझौता गरिएतापनि पछि बर्षालाई मुख्य नायिका भनेर चर्चा गरिएको भन्दै सिवाकोटीले चलचित्र नै छाडिन् । बर्षाको चलचित्र यात्रा थोरै सफल र धेरै असफल छ । अझ, उनलाई त चलचित्र छाड्न माहिर नायिकाको रुपमा मिडियामा चर्चा गरिन्छ । बर्षाले अभिनय गर्ने भनिएको चलचित्र ‘रामलिला’ बन्दै बनेन । यसपछि, उनले केहि चलचित्रमा काम गर्ने भनिएतापनि अन्त्यमा छाडेको खबर सार्वजनिक भयो । चलचित्र ‘सुब्बा साब’को त प्रचारमा नै नहिड्दा उनीविरुद्ध यसको निर्माणपक्ष आक्रामक रुपमा खनिएको थियो ।

बर्षाको करिअर ‘नाई नभन्नु ल २’बाट सुरु भएको थियो । यो चलचित्रमा उनको भूमिका छोटो थियो । यसपछि, छोटै भूमिका भएपनि उनले अर्को चलचित्र ‘पशुपति प्रसाद’मा काम गरिन् । चलचित्र चलेपनि उनलाई त्यती फाइदा भएन ।

पछिल्लो रिलिज चलचित्र ‘लप्पन छप्पन’ले पनि त्यस्तो कमालको व्यापार नगरेपछि बर्षाका लागि चलचित्र क्षेत्र त्यती सुखद बन्न सकेको छैन । चलचित्र खेल्छु भनेर पनि छाड्ने नायिकाको रुपमा बर्षाको चर्चा हुँदा, त्यसलाई उनलाई घाटा दिइरहेको विश्लेषण चलचित्र पण्डितहरु गर्छन् ।

छोटो अवधीमा नेपाली चलचित्र क्षेत्रमा २ बर्षा चिनिएका छन् । तर, सिवाकोटीको तुलानामा राउतले फड्को मारेको धेरैको विश्लेषण छ । चलचित्र ‘नाइ नभन्नु ल ४, छक्का पन्जा र जात्रा’को बम्पर सफलतालेबर्षा राउतले छोटो समयमा नै फड्को मारेको चर्चा चलचित्र बजारमा छ । हुनत, राउतको सोलो चलचित्रले उनको स्टारडमलाई चित्रित गर्ने हो । यसैले, मल्टिस्टार चलचित्रमा देखिएकै कारण बर्षालाई स्टार भनिहाल्न नमिल्ने तर्क पनि केहि चलचित्रकर्मी गर्छन् । तर, नेपालमा कमै मात्र नायिकाले चलचित्रमा हिरोइज्म देखाउन पाएका छन् ।

नेपाली चलचित्रमा २ बर्षाले छोटो समयमा नै चर्चा त पाइरहेका छन् । तर, सफलता सिवाकोटीको तुलानामा राउतको बढी भएको पाइन्छ । गएको बर्षलाई फर्केर हेर्दा पनि यो विश्लेषण गर्न सकिन्छ । आगामी, दिनमा हेरौ कुन बर्षाले अझ सफलताको फड्को मार्ने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment