Comments Add Comment

स्कूल पढ्दा केटाहरुलाई कती कुटियो कुटियोः सुष्मिता


चलचित्र ‘लक्ष्य’मा नायिकाको भुमिका निर्वाह गरेकी मोडल तथा नायिका सुस्मिता कार्की गायिका पनि हुन् । ‘सुस्मिता मनको कुरा’ एल्बम समेत ल्याएकी सुस्मितालाई चर्चामा ल्याएको थियो हाँस्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ले । उक्त सिरियलमा गैडाकी छुच्ची श्रीमतिको भुमिकामा देखिएकी सुस्मिताले अन्य केही सिरियलमा समेत काम गरेकी छिन् । पछिल्लो समय कथा लेख्न थालेकी सुस्मितासँग अनलाइनखबरले गरेको कुराकानीः

बिहान कति बजे उठ्नुहुन्छ ?
पहिला त आठ बज्थ्यो, अहिले त बिहान पाँच बजे उठ्छु । सबले मोटी भन्न थाले अनि अहिले बिहान-बिहान कुद्ने गरेकी छु ।

काठमाण्र्डामा मर्निङवाकका लागि कत्तिको अप्ठ्यारो छ ?
जस्तो हुनुपर्ने हो त्यस्तो त छैन । तैपनि ठिकै छ । म घरवाट निस्केपछि पार्कमा पुग्छु र पार्कमा धेरै बेर कुद्छु । पार्कमा ठिकै हुन्छ ।

आजको कार्यक्रम ?
आज एउटा चलचित्रको विषयमा कुरा गर्नु छ । मैले लेखेको कथाको विषयमा छलफल गर्नुछ ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
ठिकै चलाउँछु । त्यस्तो मरिहत्ते गर्दिनँ ।

ब्लक कतिलाई गर्नु भयो अहिलेसम्म ?
ब्लक गरेको त पाँच हजार पुग्यो होला । काममा भएको बेला म्यासेज गर्ने अनि पछि घमण्डी भनेर लेख्ने, फेसबुकबाटै राती फोन गर्नेहरुलाई म सिधै ब्लक हानिदिन्छु ।

दैनिक खर्च हुन्छ ?
म त्यस्तो धेरै खर्चालु छैन ।

पर्समा कति पैसा बोक्नुहुन्छ ?
केटी मान्छे हो । कतै हिँड्दा राम्रो लुगा झुण्डिएको देखेँ भने किन्न मन लाग्छ । पाँच हजार जति बोक्छु ।

पैसाको कारोबार चेकबाट कि एटीएमवाट ?
बोक्न त म दुइवटा एटीएम बोक्छु तर, कारोबार चेकबाटै गर्छु । मलाई एटीएम त्यति मन पर्दैन ।

तपाईलाई के गर्दा रमाईलो लाग्छ ?
मलाई त अभिनय सम्बन्धि काम गर्दा रमाईलो लाग्छ । त्यतिकै बस्दा बोर लाग्छ ।

तपाईको राम्रो बानी ?
मेरो राम्रो बानी जोसुकैलाई छिट्टै विश्वास गर्छु । विश्वास गरेर धोका पनि पाएकी छु तर, मेरो राम्रो बानी सिक्न लायक कुनै पनि छैन ।

तपाइको खराब कुरो ?
रिस । म असाध्यै रिसाहा छु ।

स्कुल पढ्दा झगडा कत्तिको पथ्र्यो ?
कति हो कति । स्कुल पढ्दा त केटाहरुलाई कती कुटियो कुटियो ।

ति केटाहरुसँग पछि भेट भएन ?
भयो, अहिले पनि हुन्छ । सम्बन्ध राम्रै छ ।

स्कुल पढ्दाका साथीहरु भेट हुन्छ ?
हुन्छ । १७/१८ जना हामी अहिले पनि सम्पर्कमा छौं । फेसबुकमा कुराकानी पनि हुन्छ ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
नचाहिने कुरामा म असाध्यै धेरै विश्वास गर्छु । धेरै ज्योतिषहरुलाई हेराएकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment