+
+

वीरगन्ज र वीरेन्द्रनगरमा एमालेका मेयर उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते १०:२२

७ बैशाख, काठमाडौं । नेकपा एमालेले वीरगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा तीन तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । वीरगन्ज नगर कमिटी बैठकले मेयरमा निर्मला देवकोटा, सुन्दर कुर्मी र मनोज चौधरीको नाम सिफारिस गरेको छ ।

त्यस्तै उपमेयरमा अरविन्द सिंह, प्रेमा पौडेल र निर्मला भण्डारीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष प्रभु हजाराले बताए ।

मेयरमा सिफारिस भएकी निर्मला देवकोटा केपी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिइन् । उनी महिला संघ केन्द्रीय सदस्य हुन् । सुन्दर कुर्मी लोकतान्त्रिक मधेसी संगठन पर्साका अध्यक्ष हुन् भने मनोज चौधरी पार्टीका प्रभावशाली नेता हुन् ।

त्यस्तै उपमेयरमा सिफारिस भएका अरविन्द सिंह एमाले केन्द्रीय प्रचार बिभागका सदस्य हुन् हुने भने निर्मला भण्डारी सामाजिक संस्थाहरुमा क्रियाशिल महिला हुन् । प्रेमा पौडेल पार्टीको २ नम्बर प्रदेश सदस्य हुन् । वीरगन्ज उपमहानगरपालिकाका २७ मध्ये १७ ओटा वडामा समेत उम्मेदवारको नाम तय भएको एमाले नेता उसमान अन्सारीले बताए ।

वीरेन्द्रनगरमा शर्मा सर्वसम्मत

यसैबीच एमालेले ६ नम्बर प्रदेशको सम्भावित राजधानी सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको मेयरमा बालाराम शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

युवा प्रत्यासीहरु धेरै भएपछि पूर्व मेयर तथा पाका नेता शर्मालाई सर्वसम्मत रुपमा प्रदेश कमिटीले मेयरको उम्मेदवार बनाएको हो ।

एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका शर्मा २०५४ सालमा फराकिलो मतान्तर सहित मेयरमा निर्वाचित भएका थिए ।

वीरेन्द्रनगरमा २०४९ मा पनि एमालेले जितेको थियो । त्यो बेलाका मेयर यमलाल कँडेल अहिले एमालेको ६ नम्बर प्रदेश सहसंयोजक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?