Comments Add Comment

किन मिल्दैनन् सलमान र जुही ?

जुही चावला र सलमान खान समकालिन कलाकार हुन् । सलमान अहिले बलिउडका सुपरस्टार भएका छन्, तर जुही कता हराइन् कता ।

एकै समयका कलाकार भएर पनि यी दुईले कहिल्यै एउटै फिल्ममा काम गरेनन् । र, यसको कारण छ ।

जुन समय जुही बलिउडमा खुबै चम्केकी थिइन्, तर सलमान खासै चलिरहेका थिएनन् । एक निर्माताले जुही र सलमानलाई लिएर फिल्म बनाउने योजना बनाए । उनी पहिले अफर लिएर सलमानकहाँ पुगे । सलमानले सहजै स्वीकारे । त्यसपछि उनी जुहीकहाँ पुगे ।

जुहीले उनले हिरो को हो भनेर सोधिन् । निर्माताले सलमानको नाम लिए । त्यसपछि जुहीले नाक खुम्च्याइन् ।

‘सलमान होइन, आमिरलाई लिनुस’ उनले निर्मातालाई प्रस्ताव राखिन् । तर निर्माता तयार भएनन् र जुहीलाई राजी गराउन पनि असफल भए । जब यो खबर सलमानकहाँ पुग्यो, उनले निकै चित्त दुखाए । त्यसपछि कहिल्यै जुहीको हिरो नबन्ने कसम नै खाए । नभन्दै उनी कुनै फिल्ममा पनि जुहीसँग आजसम्म देखिएका छैनन् ।

यता जुहीलाई भने सलमानसँग काम गर्न अहिले पनि मन छ । यो कुरा उनी बेला-बेला प्रकट गरिरहन्छिन् । यो थाहा पाएर सलमानले जुहीलाई सँगै काम गर्ने अफर गरे । तर, हिरोइनका रुपमा होइन, उनको आमाको भूमिकामा । सायद उनी पुरानो घटनाको बदला लिन चाहन्थे । तर जुही सलमानको आमा बन्न तयार भइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment