Comments Add Comment

काकडभिट्टा र इटहरीमा दुर्इ थान हतियारसहित ५ जना पक्राउ

कञ्चनपुरमा कुटपिट गरी श्रीमती मार्ने समातिए

फाइल तस्वीर

१० वैशाख, झापा  । भारत पश्चिम वंगाल राज्य दार्जलिङ प्रधाननगर थाना हात्तिडुवा बस्ने १८ बर्षीय राजु साहलाई प्रहरीले एयरगन १ थान र सोमा फिट हुने २ सय ग्राम काँटी (बुलेट) सहित पक्राउ गरेको छ ।

प्रहरीले साहसँगै आएका सोही ठाउँ बस्ने १८ बर्षीय अजय गुरुङ, र १८ बर्षीय  अजित महतोलाई समेत नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल भंसार तथा सुरक्षा राजस्व  गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको ढाटमा शनिबार भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरु मध्ये साहले कागजले बेरेर हातमा बोकी ल्याएको अवस्थामा उक्त एयरगन बरामद भएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

इटहरीमा हतियारसहित २ जना पक्राउ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–१७ कान्छीचोकबाट २ जना अवैध हतियारसहित पक्राउ परेका छन् । चेकजाँच गर्ने क्रममा को २८ प ५७७० नम्बरको मोटरसाइकलमा सवार इटहरी–६ बस्ने २५ वर्षीय अमितकुमार सिंह र मोटरसाइकल चालक मोरङ सुन्दरदुलारी नगरपालिका–६ बस्ने ३३ वर्षीय प्रेमकुमार राई हतियारसहित पक्राउ परेका हुन् ।

सिंहको साथबाट पेस्तोल १ थान र ३ राउन्ड गोली लोड भएको म्याग्जिन १ थान बरामद भएको छ । यसैगरी मोटरसाइकल चालक राईको साथबाट खाली म्याग्जिन १ थान समेत बरामद  भएको छ ।

कुटपिट गरी श्रीमती मार्ने पक्राउ

यसैबीच  कुटपिट गरी श्रीमती मारेको अभियोगमा भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने ३७ बर्षीय किशोर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनाराले घरायसी वादविवादमा गएराति ३२ बर्षीया श्रीमती जयाश्री चुनारालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि महाकाली अंचल अस्पताल महेन्द्रनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment