Comments Add Comment

रीमा र विकासको प्रेम ‘शुन्य शुन्य’ भएपछि


नायिका रीमा विश्वकर्मा अहिले चलचित्र भन्दा म्यूजिक भिडियोमै बढी सक्रिय छिन् । बिहेपछि पनि कलाकारीतामा सक्रिय रीमालाई चलचित्र क्षेत्रले भने खास सफलता दिन सकेन । तर, उनी म्यूजिक भिडियोमा भने चलेकी मोडल हुन् । उनै, रीमाले मोडल विकास लामिछानेसँग एक गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।

अनुव पाण्डे र आगा लामाको स्वरमा समावेश ‘शुन्य शुन्य’ बोलको गीतको म्यूजिक भिडियोमा रीमा र विकासको जोडीलाई देख्न सकिन्छ । गीतमा रमेश दाहालको शब्द, टीका दाहालको संगीत छ । यो म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । टौवा क्रियसनले तयार पारेको म्यूजिक भिडियोमा मिलन शंकरको छायांकन, सुपि्रम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment