Comments Add Comment

एमालेसँग प्रधानमन्त्रीको आग्रहः बजेट सारौं, निर्वाचन गरौं


१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सहमति जनाएर निर्वाचनमा आउन एमालेलाई आग्रह गरेका छन् । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गरेर दोस्रो चरणको निर्वाचनपछि ल्याउन सकिने उनको प्रस्ताव छ ।

शुक्रबार साँझ एमाले शीर्ष नेतृत्वसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन् । ‘मधेसी मोर्चाले पनि निर्वाचनमा जाने तयारी गरेका छन् । अब तपाईंहरु पनि संविधान संशोधनमा तयार हुनुस् र सहमतिमै अघि बढौं,’ छलफलमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार एमाले नेतृत्वसँग प्रधानमन्त्रीको आग्रह थियो, ‘निर्वाचन दुई चरणमै गर्नुपर्ने भयो । तर, बजेट दोस्रो चरणको निर्वाचनपछि गर्न सकिन्छ ।’

तर, प्रधानमन्त्रीको प्रस्ताव एमाले नेताहरुले अस्वीकार गरेका छन् । संशोधनमा सहयोग गर्न नसक्ने र निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको अडान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment