Comments Add Comment

कक्षा १२ मा पार्टी विशेषको प्रश्न, सोधियो – कांग्रेस– एमालेको भूमिका कस्तो छ ?


१६ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पोल्टिकल साइन्स विषयको प्रश्नपत्रमा दलविशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ५ मा सोधिएको छ, नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।

कान्तिपुर दैनिकका अनुसार, यी दुवै प्रश्नमा यी दलहरुको भूमिका कुन विषयमा लेख्ने भन्ने सन्दर्भ उल्लेख छैन । दलविशेषका बारे प्रश्न आएपछि विद्यार्थीहरु के उत्तर दिने भनेर अल्मल्लिएका थिए

प्रा. रवीन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुनसक्ने बताए । उनले पार्टी विशेषको प्रश्न सोध्नु गलत भएको समेत बताए ।

मुलुकमा ठूला पार्टीले शाषन गरिरहेको आधारमा यस्तो प्रश्न सोधिएको हो भने पनि कुन सन्दर्भमा हो भन्ने स्पष्ट नभएकाले यो प्रश्न अधुरा रहेको शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment