Comments Add Comment

आर्थिक समाचार: विदेशी लगानी थ्रेसहोल्ड दुई लाख डलर

१८ वैशाख, काठमाडौं । अब विदेशी लगानीकर्ताले नेपालमा दुईलाख डलर (दुई करोड रुपैयाँ) भन्दा कम लगानी गर्न नपाउने भएका छन् । नयाँ बन्न लागेको विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनमा विदेशी लगानीको थे्रसहोल्ड (सिमा) दुई लाख डलर राख्न लागिएको छ ।

नागरिक दैनिकले विदेशी लगानी थ्रेसहोल्द दुई लाख डलरलाई मुख्य समाचार बनाएको छ । दुई युवालाई ब्लड मनी बुझाउन आदेशलाई पनि नागरिकले लेखेको छ । साउदी अरेबिया पुगेका दुई युवालाई ब्लड मनी बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ । एनसेलको फोरजी नरोकलाई पनि नागरिकले लेखेको छ ।

अर्थतन्त्रमा संरचनागत परिवर्तनको संकेतलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । ३ पूर्व आईजीपीसहित ९ दोषी ठहरलाई पनि कारोबारले लेखेको छ । सुध्रदै श्रम सम्बन्धलाई उल्लेख गरेको कारोबारले मिलपत्रबाट २२ करोड ऋण असुलीलाई पनि लेखेको छ ।

पर्यटकका चुनौतीलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । लगानी भित्रयाउन समस्यालाई पनि अन्नपूर्णले लेखेको छ । सिमेन्ट उद्योग संकटमालाई पनि अन्नपूर्णले उल्लेख गरेको छ । बासेल थ्रस् अब विकास बैङ्क र वित्त कम्पनीमा पनिलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । मुद्दती निक्षेपमा १ अर्ब ३८ करोड लगानी गर्दैलाई पनि अभियानले लेखेको छ । त्यस्तै जेठ १५ मै बजेट भनेर अभियानले लेखेको छ । फेरिँदै मजदुर–मालिक सम्बन्धलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

सुध्रदै औद्योगिक श्रम सम्बन्धलाई नयाँ पत्रिका दैनिकले लेखेको छ । अढाइ करोडको चिया निर्यातलाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै सगरमाथामा गलत रुटको सिकार भए स्विस आरोहीलाई नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment