Comments Add Comment

यस्तो बन्यो ‘पञ्चायत’को टिजर

पुरानो कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘पंचायत’ को टिजर सार्वजनिक गरिएको छ । यस चलचित्रमा दर्शकले गाउँको कथा हेर्न र पुरानो संस्कृति देख्न पाउने निर्देशकको भनाई छ ।

यस चलचित्रमा सरोज खनाल र नीता ढुङगाना मुख्य भूमिकामा छन् । यस्तै, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय चलचित्रमा हेर्न पाइनेछ ।

आउँदो फागुनमा रिलिज गरिने ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ । यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment