Comments Add Comment

लोकमानको ठाउँमा दीप बस्न्यातलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव

१९ बैशाख, काठमाडौ । संबैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । बस्न्यात अख्तियारका बरिष्ट आयुक्त हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह बसेको संबैधानिक परिषदको बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै पदबाट हटाउने सर्वोच्चले आदेश दिएपछि रिक्त रहेको प्रमुख आयुक्तमा बस्न्यातलाई सिफारिस गरिएको हो ।

यसअघि सरकारले बस्न्यातलाई कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी दिएको थियो । दीप बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय लिइएको परिषदकी सदस्य सभामुख ओनसरी घर्ती मगरले जानकारी दिइन ।

यस्तै महालेखा परीक्षकमा प्रमुख महालेखा परीक्षकको नाम बुधबार बस्ने बैठकले सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख महालेखा परीक्षकको पद पछिल्लो ८ महिनादेखि रित्त रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment