Comments Add Comment

इदमा सलमान खानको फिल्म नचलाउन दवाव

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘ट्यूबलाइट’ इदको अवसरमा पाकिस्तानमा रिलीज नहुने सम्भावना बढेको छ । केही स्थानीय फिल्मकर्मीले यस फिल्मको रिलीज रोक्न अभियानै चलाएका छन् ।

फिल्मकर्मी, फिल्म वितरक संगठन तथा फिल्म निर्माता संगठनले इदको छुट्टीको फाइदा पाकिस्तानी फिल्मले लिन पाउनुपर्ने आवाज उठाएका हुन् । वितरक, फिल्मकर्मी तथा निर्माताहरुले भनेका छन् कि उनीहरु पाकिस्तानी फिल्मको हित रक्षा गर्न चाहन्छन् किनकी त्यहाँका दुई ठूला फिल्म ‘यलगार’ र ‘शोर शराबा’ तथा अन्य थुप्रै फिल्म इदमा रिलीज गर्न पाइपलाइनमा छन् ।

अभिनेता मुस्तफा कुरैशीले भने, ‘यस्तोमा यदि ट्यूबलाइट पनि रिलीज भयो भने पाकिस्तानी फिल्महरुको व्यापारलाई असर गर्नेछ ।’

निर्माता अल्ताफ हुसैनले आवश्यकता परेको खण्डमा अदालत पनि जान सक्ने चेतावनी दिए । हुसैनका अनुसार यस विषयमा केही संगठनहरु मिलेर प्रधानमन्त्री नवाज सरीफलाई पत्र पठाउने तयारी गरिरहेका छन् । यसैगरी शोर शराबाका निर्माता सोहेल खानले इदमा ट्यूबलाइट रिलिज गरिएको खण्डमा विरोधस्वरुप आफ्नो फिल्मको प्रदर्शन रोक्ने बताए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment